परिचय
सहकारी ऐन २०४८ बमोजिम स्थापित यस साना किसान कृषि सहकारी संस्था लि. निग्लिहवा (Sana Kishan Krishi Sahakari Sanstha Ltd. Niglihawa) नेपाल सरकारबाट वित्तिय कारोवार गर्नेका लागि स्वीकृत विनियम अनुसार सहकारी निति, सिद्धान्त, ऐन कानुनको सिमा भित्र रही संचालन भएको संस्था हो।
देशमा स्थापना भएका वित्तिय संस्था, विकाश बैंक तथा वाणिज्य बैंकहरुले मात्र कमजोर अवस्थामा रहेको राष्ट्रिय अर्थतन्त्रलाई आपेक्षाकृत रुपमा सुधारात्मक दिशातर्फ अगाडी बढाउन नसकेको वर्तमान परिप्रेक्षमा, सहकारी संस्थाहरुको विकाश तिव्र रुपमा भईरहेको छ।
आम नेपाली जनताहरु (निम्न वर्गिय, मध्यम वर्गिय, उच्च वर्गिय) को भावनालाई आत्मसाथ गरी देशमा अहिले करिब ३३,००० (तेत्तीस हजार) सहकारी संस्थाहरु संचालनमा रहेका छन् । हिमाल, पहाड देखी तराई भेगका ग्रामीण क्षेत्रमा वित्तिय सेवाको अभावको कारणबाट सेवामा परेको नेपाली नागरिकहरुलाई वित्तिय सेवा प्रदान गर्ने कार्य सहकारी संस्थाहरुबाट मात्र भएको छ। बिस्तृतमा …
हाम्रो सेवाहरु
निक्षेप योजना
विद्धमान प्रतिस्पधात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।
कर्जा तथा सापटी
समयको माग संगै सदस्य महानुभावहरु उद्योग एवं व्यापार विस्तारका लागि आवस्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिएको छ।
मोवाइल बैंकिंङ्
संस्थाले सदस्यको सुविधाको लागि ३६५ दिनै संचालन हुनेगरी संस्थाको आफ्नै छुट्टै मोबाईल एप (MOBILE APP) संचालन गरेको छ जसबाट बिभिन्न सुविधाहरु उपभोग गर्न मिल्नेछ।
बिप्रेशन सेवा
सम्पूर्ण सेयर सदस्य, निक्षेपकर्ता तथा शुभ चिन्तकहरुलाई थप सुबिधा प्रदान गर्नका लागि नेपालभर संचालित विभिन्न बिप्रेसन (रेमिट) सेवा उपलब्ध गराउदै आएको छ।
नियमित बचत गरी आफ्नो र आफ्नो परिवारको भविष्य उज्ज्वल बनाऔ।
सम्पर्कमा रहनुहोस्
यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस।